प्रतिपदाका दिन घटस्थापना गरी शुरु भएको बडादसैं कोजाग्रत पूर्णिमाको बेलुकी घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ । महालक्ष्मीको पूजा गरी कोजाग्रत पूर्णिमाको रातभर जाग्राम बस्ने भएकाले यस पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको हो । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसेको मानिसको घरमा पृथ्वी भ्रमण गदैं हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजार गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैं र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । विजयादशमीको दिनदेखि शुरु भएको टीका र जमरा लगाउने काम कोजाग्रत पूर्णिमा देखी पूरा हुन्छ । कोजाग्रत पूर्णिमा तिहारको अगमन हुन लागेको संकेतका रुपमा पनि मनाईन्छ । पुरा खबर यहाँ क्लिक गरी पढ्न पनि मिल्नेछ ।
कोजाग्रत पूर्णिमा/शरद पूर्णिमा/अश्विन पूर्णिमा को अबसर पारेर हामी पनि आफ्नै गाउँ ठाउँमा हुने मेला हेर्न छुन्फान गयौ, रमाइलो भयो । फोटोहरु खिचियो । कहिलै भेट नभएका आफन्तजनहरु सँग भेट गरियो । दु:ख सुखका कुराहरु, रमाइलो पलका कुराहरु गरियो । एस्तै एस्तै...थुप्रै ।
































































